
काठमाडौं ।
नेपाल आयल निगमले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रु ७५ करोडको लागतमा नयाँ हवाई इन्धन डिपो सञ्चालनमा ल्याएको छ। पूर्णतया स्वदेशी प्रविधि र स्रोतसाधन प्रयोग गरी निर्मित यस डिपोमा १२ मिटर अग्लो र १२ मिटर व्यासका तीनवटा ठूला भण्डारण गृहसहित कुल ३,६०० किलोलिटर हवाई इन्धन भण्डारण गर्न सकिनेछ।
यसबाहेक, १,२०० किलोलिटर क्षमताको छुट्टै पानी ट्याङ्की पनि डिपोको सुरक्षाका लागि निर्माण गरिएको छ, जसले विमानस्थलमा हुने उडानहरूलाई इन्धन आपूर्तिमा ठूलो सहजता प्रदान गर्नेछ।