काठमाडौं ।

हिमालयन रिइन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा आइतबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको छ।

सभामा कम्पनीको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण पारित गरिएको छ। साथै, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने र उनको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित भएको छ।

सभाले हाल कायम १० अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजीको आधारमा ४.५० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ, जसअनुसार कुल ४६ करोड ८० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण हुनेछ। साथै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि २ करोड ४६ लाख ३१ हजार ५७८ रुपैयाँ ९५ पैसा बराबरको नगद लाभांश दिने निर्णय पनि सभाले अनुमोदन गरेको छ।

हिमालयन रिइन्स्योरेन्स लिमिटेड निजी क्षेत्रबाट प्रवर्द्धित, अन्तर्राष्ट्रिय रेटिङ एजेन्सीबाट मूल्याङ्कन प्राप्त नेपालकै एकमात्र पुनर्बीमा कम्पनी हो।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय