
काठमाडौं।
नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकमा पुगेर आज पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण गरेलगत्तै उनले पहिलो निर्णयका रूपमा पाँच सय र एक हजार रुपैयाँका नयाँ नोट छपाइ गर्ने निर्णयमा हस्ताक्षर गरेका छन्।
पदभार ग्रहणपछि आयोजित पत्रकार भेटघाटमा गभर्नर पौडेलले मौद्रिक नीति र वित्त नीति अलग विषय रहेको स्पष्ट पारे। उनले भने, “मौद्रिक नीति सरकारको वित्त नीतिको सहायक होइन, यो छुट्टै स्वतन्त्र नीति हो। तर, यदि सरकारको वित्त नीति कार्यान्वयनमा मौद्रिक नीतिले केही अवरोध गरेको छ भने हामी त्यसलाई परिमार्जन गर्दै जानेछौं।” उनको यो भनाइले राष्ट्र बैंकको स्वायत्तता कायम राख्ने संकेत दिएको छ।