काठमाडौं, जेठ ७ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्व पौडेलले भेटेका छन् ।

आज बिहान अर्थ मन्त्रालय पुगी नवनियुक्त गभर्नर पौडेलले अर्थमन्त्री पौडेललाई भेटेका हुन् ।

सो अवसरमा अर्थमन्त्री पौडेलले हार्दिक बधाइ दिँदै सफल कार्यकालको शुभकामना दिए ।

अर्थमन्त्री पौडेलले वित्त नीति र मौद्रीक नीतिबीच समन्वय गरी अघि बढ्ने उल्लेख गर्दै नवनियुक्त गभर्नर पौडेलले अर्थतन्त्र र मौद्रीक क्षेत्रमा देखा परेका समस्या समाधानमा महत्वपूर्ण पहल गर्नुहुने विश्वास व्यक्त गरेका छन् ।

नवनियुक्त गभर्नर पौडेलले अर्थ मन्त्रालयले देशको अर्थतन्त्रको नेतृत्व गर्ने र नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वित्त नीति कार्यान्वयनमा सहयोग पुर्याउने बताउनुभयो । उहाँले वित्तीय क्षेत्रको प्रभावकारिताका लागि राष्ट्र बैंकको सुपरीवेक्षकीय क्षमतामा जोड दिने बताएका छन् ।

सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे लगायत नवनियुक्त गभर्नर पौडेललाई बधाइ तथा शुभकामना दिएकका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय