न्यूयोर्क, ।

न्यूयोर्कको म्यानह्याटनमा यही आउँदो आइतबार, मे १८ तारिखका दिन सातौं संस्करणको नेपाल डे परेड २०२५ भव्य रूपमा आयोजना हुने भएको छ। गैर-आवासीय नेपाली संघ (NRNA) न्यूयोर्क शाखाको आयोजनामा हुन लागेको यस परेडको तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले जनाएको छ।

उक्त परेडमा न्यूयोर्कमा क्रियाशील विभिन्न नेपाली संघ–संस्था, समुदाय तथा व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहनेछ।अन्तर्राष्ट्रिय सेफ सोसाइटी अमेरिकाको टिम क्यालिफिर्निया बाट कार्यक्रममा सहभागी हुन न्युयोर्क जाने जानकारी कृष्ण अचार्यले जानकारी दिएका छन ।

म्यानह्याटनको ३८ स्ट्रिट र मेडिसन एभिन्यु हुँदै सम्पन्न हुने परेडमा सहभागीहरूले नेपाली सांस्कृतिक झाँकी, परम्परागत बाजागाजा र भेषभूषा प्रदर्शन गर्दै नेपाली पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्नेछन्।

परेड तयारीबारे जानकारी दिन बिहीबार ज्याक्सन हाईट्समा पत्रकार सम्मेलन आयोजना गरिएको थियो। आर्थिक संयोजक कृष्ण आचार्यले आवश्यक सम्पूर्ण आर्थिक स्रोत संकलन भइसकेको जनाउँदै डाइमण्ड स्पोन्सरबाट ५ हजार, प्लेटिनम स्पोन्सरबाट ३ हजार ५ सय, र सिल्भर स्पोन्सरबाट १ हजार अमेरिकी डलर सहयोग प्राप्त भएको जानकारी दिए। साथै, अन्य संघसंस्था र समुदायबाट व्यक्तिगत रूपमा समेत सहयोग जुटाइएको उनले बताए।

परेड संयोजक मनिता गुरुडले छोटो समयमा व्यापक तयारी पूरा भएको उल्लेख गर्दै सबै नेपाली समुदायलाई उत्साहपूर्वक सहभागिताका लागि आह्वान गरिन्। “हाम्रो संस्कृति, एकता र मौलिकतालाई प्रस्तुत गर्न तपाईंहरूको साथ र उपस्थिति अत्यन्त आवश्यक छ,” भन्दै उनले सबैलाई हार्दिक निमन्त्रणा दिइन्।

परेड अध्यक्ष छिरिङ शेर्पाले “विभिन्न जातजाति र भेषभूषा समेटिएको यो परेड नेपाली पहिचानको प्रतिविम्ब हो,” भन्दै यसले प्रवासमा रहेका नेपालीबीच एकता, सहकार्य र गर्वको भावना जागृत गराउने विश्वास व्यक्त गरे। प्रारम्भमा केही अन्योल रहेको भए पनि परेड हुने पक्का भएपछि उत्साह थपिएको उनले उल्लेख गरे।

यस वर्षको नेपाल डे परेडले न्यूयोर्कस्थित नेपाली समुदायबीचको आत्मीयता र साझा प्रयासलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय