८ हजार मिटर माथिका सबै हिमाल आरोहण गरेर पहिलोपटक Guinnees Book World record मा नाम राख्न सफल पर्यटन आरोही तथा सफल पर्यटन व्यवसायी, Seven summit treks pvt.ltd का Director मिङमा शेर्पासँग नेपलमा हिमाल आरोहणको सम्भावना र पर्यटन प्रबद्र्धनमा  गरेको संघर्ष र पाएको सफलताको  बिषयमा गरीएको कुराकानी ।

हिमाल आरोहण क्षेत्रमा प्रवेश गरेको कति समय भयो ?

– यस क्षेत्रमा प्रवेश गरेको २७ वर्ष भयो ।

तपाईले गरेको काम र पाएको सफलता कस्तो छ ?

– म लामो समयदेखि पर्यटन व्यवसायमा आवद्ध भएको कारण यस क्षेत्रबाट पाएको व्यक्तिगत सफलता ८००० मिटर माथिको सबै हिमाल आरोहण गरेर गिनीज बुक र्वल्ड रेकर्डमा आफ्नो पहिलो नाम दर्ता गर्न सफल भएको छु । साथै आफ्नै पर्यटन व्यवसाय छ। त्यसैमार्फत विश्वभरबाट आउने हिमाल आरोहि पर्यटकहरुलाई सफल आरोहण गराउने काममा निरन्तर क्रियाशील छु ।

आफ्नो यो सफलतालाई कसरी लिनुभएको छ ?

– भरियाबाट सुरु भएको मेरो व्यावसायिक यात्रा अहिले आफ्नै पर्यटन संस्था सञ्चालन गरेर MD भइ काम गरिरहेको छु। यो नै मेरो महत्वपूर्ण सफलता हो। विदेशी पर्यटक नेपाल भित्रयाएर नेपालमा वैदेशिक मुद्रा भित्रयाउने र मनोरजन गराउने साथै हिमाल आरोहण गराउने काममा हामी निरन्तर लागिरहेका छौं। साथै सरकारलाई धेरै तबह तिर्ने, परमिटको पैसा कलेक्सन गरेर दिनेमा मेरो संस्था अग्रणि छ ।

नेपालमा पर्यटन व्यवसायीको अवस्था कस्तो छ ? यसमा देखिएका चुनौती के-के छन ?

– समय समयमा आउने pendamic को कारण व्यवसायी निराश छन् । त्यस अवस्थामा व्यवसाय नै वन्द हुने अवस्थाको पनि सामना गर्नुपर्ने अबस्था छ। पर्यटन क्षेत्रको हिसाबले नेपाल आफैंमा धेरै सुन्दर देश हो, यहाँ पर्यटकीय रूपमा आकर्षणका दृश्य धेरै छन् । यहाँको भौगोलिकता, मौलिकता अनि संस्कृति नै पर्यटकका आकर्षणका केन्द्रबिन्दु हुन् । यसलाई राज्यले विश्वभर प्रचारप्रसार गर्ने हो भने हाम्रो देशमा अत्यधिक मात्रामा पर्यटक भित्रयाउन सकिन्छ । चुनौति सबै कुरामा हुन्छ पर्यटन व्यवसायमा त झनै बढि हुने गर्छ । यसमध्ये पनि हिमाल आरोहणको क्षेत्र झनै चुनौतीपुर्ण छ । यो व्यवसायमा risk धेरै मोल्नुपर्ने हुन्छ।

कुनै पर्यटक हिमाल आराहणका लागि आइसकेपछि आरोहण गरेर सफल आरोहण नगरेसम्म सम्पुर्ण जिम्मेवारी लिएर अगाडि बढनुपर्ने हुन्छ। पटक पटक आफुले आरोहण गरेर पनि उनीहरुलाई खुशी बनाउनका लागि पनि आफैं अगाडी बढनुपर्ने हुन्छ। राज्यले अहिलेको टेक्नोलोजी जती द्रुत गतिमा बढिरहेको छ त्यस अनुसार सेवा सुविधा प्रदान गर्न नसकेको र पर्यटकीय व्यवसायीलाई आवश्यक संरक्षण दिन नसकेको कारण पनि निजी व्यवसायी हतोत्साही हुने गरेका छन् । राज्यले व्यवसायिक प्राविधीक शिक्षा सहितको ज्ञान र व्यावसायिक सुरक्षाका ज्ञान अहिलेका युवावर्गमा दिन सकेमा युवावर्ग पर्यटन व्यावसायमा लाग्न सक्छन् ।

तपाईले काम गरेको क्षेत्र हिमाल आरोहणको क्षेत्र हो, नेपालमा हिमाल आरोहीको अवस्था कस्तो छ ? सुरक्षात्मक चुनौती साथै हिमाल आरोहणको प्रवर्द्धनका लागि राज्यले के कदम चाल्न आवश्यक छ ?

– पछिल्लो समय हिमाल चढन आउने पर्यटकको संख्या बढेको छ । हिमाल आरोहण एक आफैमा चुनौतीको विषय हो । यसमा हामीले अवलम्बन गर्नुपर्ने सुरक्षाका पाटा धेरै छन् । हिमाल हेर्दा जति सुन्दर देखिन्छ त्यति नै त्यसको कहानी भयावह हुने गर्छ। यो विषय कसैको निजी नभएर राज्यको जिम्मेवारी भएको हुनाले यस क्षेत्रमा काम गर्ने शेर्पालगायत आरोहण गर्न आउने विदेशीदेखि आन्तरिक पर्यटकको स्वास्थ्य सुरक्षामा राज्यले बढी ध्यान दिनुपर्ने देखिन्छ। हामीले निजी क्षेत्रबाट यो क्षेत्रको प्रवर्द्धन  विकासका लागि जति काम गरिरहका छौँ, सरकारल पान पर्यटनसँग सम्वन्धित भएका समस्याहरु समाधान गर्नतर्फ ध्यान दिने हो भने निजी क्षेत्रले अझ शशक्त भएर देशको महत्वपूर्ण उद्योगको रुपमा रहेको पर्यटन उद्योगलाई माथि स्कास्ने र देशको अर्थतन्त्र बलियो बन्ने दिशामा लान सकिन्छ। हिमाल आरोहण गर्न आउने विदेशी पर्यटकलाई मरकारले व्यवसायीसँग छलफल गरेर Minimium Fixed Rate तोकिदिए सजिलो हुने थियो ।

विदेशी पर्यटक आकर्षणका लागि कस्तो कदम बाल्नुभएको छ ?

– विदेशी पर्यटक आकर्षणको लागि सरकारले नै देशको Identity विश्वमा चिनाएर महत्वपुर्ण श्रोत साधन, संस्कृतिको प्रचारप्रसार गर्नुपर्ने हो। पर्यटन प्रवर्द्धनको लागि निजी पर्यटन व्यवसायीले अहिले सरकारले गर्नपर्ने काम गर्नुपरेको छ। हामीले आफ्नो तर्फबाट विदेशी पर्यटकलाई आकर्षित गर्न आफ्नै तरिकाले पनि कदम बढाएका छौं। जस्तैः शेर्पाहरूलाई दिइने एड्भान्स ट्रेनिङ, पर्यटकको स्वास्थ्य सुरक्षामा विशेष ध्यान, उनीहरूको बसाइँ भरि र यात्रामा सहजताका लागि व्यवस्थित गाँसबास, पर्यटकको स्वास्थ्यमा केही समस्या देखा परे तुरुन्तै उद्धार गर्ने अनुभवीहरू हरसमय हामीले सक्रिय राखेका छौं । सरकारसँग हाम्रो माग भनेको हिमाल आरोहण गराउन जाने आरोहणकर्मीहरुलाई सरकारकोतर्फबाट कुनैपनि security छैन । उनीहरुलाई बीमा गरिदिएर उनीहरुको पारिवारीक अवस्थालाई निरन्तर रुपमा अगाडि बढाउन सक्ने आधार राज्यले पैदा गर्न आवश्यक छ । त्यसका लागि सरकारले हिमालबाट आएको रोयल्टीको ५ प्रतीशत कोषमा राखिदिने हो भने आरोहण गराउने गाइडहरुलाई राहत हुने थियो यसतर्फ सरकारको गम्भिरतापूर्वक ध्यान जान आवश्यक छ ।

पर्यटन उद्योग प्रवर्द्धन गर्नका लागि राज्यले कस्तो भुमिका निर्वाह गर्न आवश्यक छ ?

– पर्यटन उद्योग नेपालको ठुलो उद्योगमध्ये एक पर्दछ। यो क्षेत्रलाई चलाएमान गराएर पर्यटक आकर्षक गन्तव्यलाई व्यवस्थित गर्ने हो भने हाम्रो देशलाई Tourism Hob को रुपमा विकास गर्न सकीन्छ। पर्यटन व्यवसायले हाम्रो देशको आर्थिक भार कम गर्नमा धेरै ठूलो भूमिका खेलिरहेको छ। यसको माद्यमबाट अरवौं रकम देशमा भित्रीएको छ। नेपालको प्राकृतिक, सांस्कृतीक, धार्मिक, पुरातात्वयीक सम्पदाको विश्वभर प्रचार गर्न सरकार अग्रसर हुनै पर्छ । त्यससँगै राज्यको तर्फबाट पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्न अन्य देशसँग समन्वय गरेर Tourism Package सहितको सुरक्षीत पर्यटकीय गन्तव्यको खाका ल्याउन आवश्यक छ।

हिमाली क्षेत्रलाई पर्यटनको गन्तव्यको रुप मानेर आउने पर्यटकको लागी मुख्यतः हिमाल अनसारको आरोहण cost सरकारले निर्धारण गरीदियो भने सरकारलाई जाने tax direct जानेथियो र अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव  पर्ने थियो । यहाँ travel agency अनुसारको आ-आफ्नै दररेट छ । त्यसमा जति रकममा पनि उनीहरुले ल्याउने र आरोहण गराउन सक्छन् । त्यसलाई सरकारले अंकुश लगाउने हो भने direct राज्यलाई पनि फाइदा हुनेथियो र निश्चित रकम tax को लागि जान्छ । त्यसबाट आउने केहि रकम सरकारले हिमाल आरोहण गराउँदा सहयोग गर्ने  कामदारको बीमा गराउनमा लगानी गरेमा काम गर्नेले पनि – ढुक्कले काम गर्ने र काम गर्नेको अभाव पनि नहुने हुन्छ। त्यसमा सरकारले ध्यान दिएमा राम्रो हुने थियो ।

सरकारले पर्यटकीय क्षेत्रमा कार्यरत कर्मचारीहरू प्रतीको  उत्तरदायित्व वहनमा ध्यान दिन आवश्यक छ । यस क्षेत्रलाई अझै व्यवस्थित रूपमा अगाडि बढाउने हो भने – राज्यस्तरबाटै यस क्षेत्रमा आफ्नो स्वास्थ्यलाई जोखिममा राखेर सेवा प्रदान गर्नेहरूको लागि भरपर्दो स्वास्थ्य सुविधा र स्वास्थ्य बिमालाई पहिलो प्राथमिकतामा राख्न आवश्यक छ । जसकारण जस्तोसुकै महामारीमा पनि देशको पर्यटन क्षेत्र चलायमान होओस ।

पर्यटन व्यवसायलाई सहज ढंगले अगाडि बढाउन के गर्नुपर्ला ?

– पर्यटन व्यवसायको क्षेत्रलाई उपलब्धीमुलक बनाउन राज्यकै तहबाट प्रचारप्रसार, सुरक्षित पर्यटकीय गन्तव्य, होटलको राम्रो सुविधा, आधुनिक पर्यटन पुर्वाधारको विकास, बजारीकरणको प्रवर्द्धन, पर्यटन क्षेत्रलाई अर्थतन्त्रको संवाहकको रुपमा विकास गर्ने, सरकार, प्रदेश स्थानीय तहलाई पर्यटकीय स्थलको पहिचान गरेर निजी क्षेत्रसँगको सहकार्यलाई खुल्ला गर्ने र लगानीको वातावरण बनाउने लगायतका कार्यमा सबै एकजुट भएर लागि पर्ने हो भने पर्यटन व्यवसायलाई अगाडि बढाउन सकिन्छ ।

अन्त्यमा केही भन्नु छ ?

– सिँगो देशको अर्थतन्त्रलाई चलायमान गरेर देशलाइ आर्थिक समृद्धिको यात्रामा लैजान सक्ने पर्यटन उद्योगको क्षेत्रलाई विश्वव्यापी प्रचारप्रसार गरेर नेपाललाई पर्यटकीय हव बनाउने हो भने पर्यटन क्षेत्रबाट हाम्रो देशले महत्वपुर्ण लाभ लिन सक्दछ । त्यसमा पनि हिमाल आरोहणको क्षेत्रबाट त राज्यलाई ठुलो परिमाणमा पूँजी भित्रने र आर्थिक रुपान्तरणमा महत्वपुर्ण सहयोग पुग्ने भएकाले यो क्षेत्रलाई सक्दो प्रचारप्रसार गरी विदेशी पूँजी भित्राउन सकिन्छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय