१८ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा दुई देशबीच ९ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले दिएको जानकारी अनुसार ९ विषयमा सहमति समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

१ टोखा छहरे सुरुङमार्ग सम्बन्धी पत्रको आदानप्रदान
२ नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी पत्र
३ नौ तले बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न सम्बन्धी प्रमाणपत्र आदानप्रदान
४ थर्मल्ली प्रोसेस्ड बफेलो मिट निर्यात सम्बन्धी प्रोटोकल
५ विकास योजना सम्बन्धी समझदारी पत्र
६ आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्र
७ नगद सहयोग सम्बन्धी पत्र आदानप्रदान
८ स्वयंसेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी पत्र
९ नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुप बीच सञ्चार प्रविधि सम्बन्धी समझदारी पत्र

आज बिहान प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच दुईपक्षीय भेटवार्ता भएपछि दुई देशका अधिकारीहरुले सहमति र समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय