
रुपन्देही-
उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले विकास निर्माणकाे कामलाई गति दिन वर्तमान सरकार बनेकाे बताएका छन । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा खण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य टनेलको आज (शुक्रबार) ब्रेक थ्रु उहाँले यस्ताे बताएका हुन । उपप्रधानमन्त्री सिंहले सुरूङ मार्गकाे ब्रेक थ्रुपछि साे क्षेत्रमा हुने सवारी यात्रा सुरक्षित र सहज हुने विश्वास व्यक्त गरे ।
त्यस्तै उनले अहिलेकाे सरकारकाे मुख्य प्राथमिकता विकास निर्माण र समृद्धि रहेकाे जानकारी दिए । राजनीति अस्थिर हुँदा विकास निर्माणका कामले गति लिन नसक्ने भन्दै अहिले राजनीतिक स्थिरताका लागि संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनेकाे उनकाे भनाई थियाे ।
`याेजनाहरू राम्राे भएपनि राजनीति स्थीरता नहुँदा काम समयमा नसकिने र काममा व्यबधानहरू आउने कारणले गर्दा अहिले राष्ट्रिय राजनीतिकाे आवश्यकताअनुसार कांग्रेस ,एमाले र अरू साना दल मिलेर सरकार बनेकाे छ,´ उपप्रधानमन्त्री सिंहले भन्नुभयाे,`दुई ठुला दल नमिलि राजनीति स्थायित्व दिन सम्भव नभएकाे कारणले गर्दा राष्ट्रिय आवश्यक्ता अनुसार अहिले संयुक्त सरकार बनेकाे छ ।´ उपप्रधानमन्त्री सिंहले विकास निर्माणकाे काममा जनताकाे सहभागिता र स्विकार्यता आवश्यक पर्नेमा पनि जाेड दिए ।
यसअघिका सरकारले गरेन नसकेका कामलाई वर्तमान सरकारले अघि बढाउने पनि सिंहले बताएका छन ।