अमेरिका । अमेरिकन चेम्बर अफ कमर्श इन नेपाल (एमच्याम नेपाल)ले वासिङ्टन डीसीमा नेपालमा अमेरिकी लगानीका सम्भावनाबारे उच्चस्तरीय छलफल गरेको छ। अमेरिकाको स्टेट डिपार्टमेन्ट, कमर्श डिपार्टमेन्ट र यूएस चेम्बर अफ कमर्सका उच्च अधिकारी सहभागी बैठकमा ऊर्जा, सूचना–प्रविधि, व्यापार, उत्पादनमूलक तथा सेवामूलक क्षेत्रमा सहकार्यका अवसरबारे विस्तृत चर्चा भयो।

एमच्यामले नेपालमा विशेषगरी जलविद्युत् क्षेत्रमा करिब १० अर्ब डलर बराबरको लगानी सम्भावना रहेको प्रस्तुति दियो। संस्थापक अध्यक्ष अजित शाहले ऊर्जा, प्रविधि र डिजिटल नवप्रवर्तन क्षेत्रमा दुवै देशका निजी क्षेत्रका लागि ठूलो अवसर रहेको बताए।

कार्यक्रममा नेपालमा नवीकरणीय ऊर्जा, डाटा सेन्टर र उच्च क्षमताका कम्प्युटिङ सुविधाका लागि रणनीतिक अवसर समेत प्रस्तुत गरिएको थियो। दुवै पक्षले जलविद्युत् लगानी वेबिनार, अमेरिकी सहरहरूमा रोड–शो र बैंकयोग्य ऊर्जा परियोजनाहरूको पोर्टफोलियो तयार गर्न सहमति जनाए। यसले नेपाल–अमेरिका व्यापार र लगानी विस्तारमार्फत दुई देशबीच आर्थिक लाभ बढाउँदै जाने विश्वास व्यक्त गरिएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय