काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रमाथि भइरहेको आक्रोश र आक्रमण कुनै पनि रुपमा उचित नभएको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६औँ वार्षिक साधारण सभामा बोल्दै उनले निजी क्षेत्रले तयार पारेको संरचना देशकै सम्पत्ति भएकाले त्यसको संरक्षण आवश्यक रहेको बताए।

उनले विधि कमजोरी भए सुधार गर्न सकिने तर योग्य व्यक्तिमाथि गलत कार्यवाही भए निजी क्षेत्र निरुत्साहित हुने टिप्पणी गरे। अपराध प्रमाणित भए कानुनी सजाय दिन सरकार तयार रहेको बताउँदै उनले सडक वा सामाजिक सञ्जालमार्फत जथाभाबी आरोप–टिप्पणी उचित नभएको उल्लेख गरे।

जेनजी आन्दोलन आर्थिक समृद्धिमात्र नभएको पनि अर्थमन्त्रीले बताए।
निर्वाचनबारे बोल्दै खनालले कुनै पनि हालतमा निर्वाचन नथप्नुपर्ने र समयमै सम्पन्न गर्नुपर्ने आवश्यकता औंल्याए। सबै दलहरूको सहमति र नागरिकको सहयोगमा निर्वाचन समयमा गराइने उनले स्पष्ट गरे।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय