काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम आगामी प्रतिनिधिसभा निर्वाचनका लागि तीनवटा जिल्लाबाट सिफारिस भएको छ।
काठमाडौं–४ क्षेत्रीय समितिले थापाको नाम सर्वसम्मत सिफारिस गरेको छ।
धनकुटा जिल्ला कार्यसमितिले पनि प्रत्यक्षतर्फ पहिलो नम्बरमा उनको नाम सिफारिस गरेको छ। ९धनकुटाबाट दिनेश राई, हरिकुमार राई, मनोहर नारायण श्रेष्ठको नाम पनि सिफारिस भएको छ। समानुपातिकतर्फ करुणा कटुवालसहित पाँच जनाको नाम सिफारिस गरिएको छ।
रोल्पा जिल्ला कार्यसमितिले पनि थापाको नाम प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय गरेको छ। ९रोल्पाबाट लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, मनोजमणि आचार्यसहित अन्यको नाम पनि सिफारिसमा परेको छ।




