झापा । आव २०८२/८३ को पहिलो चौमासिकमा काँकरभिट्टाबाट १६ अर्ब २ करोड रुपैयाँभन्दा बढीका सामान आयात भएका छन्। मेची भन्सार कार्यालयका अनुसार गत वर्ष यही अवधिमा आयात १४ अर्ब २८ करोडमा सीमित थियो।

यस्तै, यस चौमासिकमा निर्यात सात अर्ब ९६ करोड रुपैयाँमा झरेको छ, जुन गत वर्षको आठ अर्ब ३० करोडभन्दा कम हो। यस नाकाबाट अलैँची, चिया, प्लाइउड, भेनिउर सिट, छुर्पी, अम्रिसो, अदुवा, सुठो, मुसुरो, फलामे पाता आदि मुख्यत: निर्यात हुन्छन्।

भन्सार कार्यालयले पहिलो चार महिनामा आयात–निर्यातबाट पाँच अर्ब ४६ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको जनाएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय