भद्रपुर । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा काँकडभिट्टा नाकाबाट कुल रु ६ अर्ब २ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ। मेची भन्सारका अनुसार पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ र मट्टितेल मिलाएर गत वर्षको तुलनामा आयात २.०१ प्रतिशतले बढेको छ।

आयात वृद्धिसँगै राजस्व पनि २.९० प्रतिशतले बढ्दै रु २ अर्ब ९६ करोड ८१ लाखभन्दा बढी पुगेको भन्सार अधिकारीले जनाएका छन्। चार महिनामा ३५ हजार १५६ किलोलिटर पेट्रोल, १८ हजार ४०८ किलोलिटर डिजेल, ८ हजार ५५७ मेट्रिक टन ग्यास, २ हजार ९०८ किलोलिटर एटिएफ र ५०८ किलोलिटर मट्टितेल आयात गरिएको कार्यालयले जनाएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय