काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान)ले १८औँ राष्ट्रिय निर्माण दिवसको पूर्वसन्ध्यामा शनिबार रोड रेस–२०८२ सम्पन्न गरेको छ। प्रतियोगितामा विभिन्न विधामा विजेता घोषित भएका छन्।

पुरुष खुला १० किमिमा आर्मी क्लबका राजन रोकाया पहिलो, सञ्जय श्रेष्ठ दोस्रो र एपीएफका तयाहाङ राई तेस्रो भए। महिलातर्फ पूर्णलक्ष्मी न्यौपाने पहिलो, निशा सार्की दोस्रो र राज्यलक्ष्मी रावल तेस्रो भए। पहिलो, दोस्रो र तेस्रोले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कार पाए।

कर्पोरेट ५ किमि पुरुषमा रामचन्द्र श्रेष्ठ, राकेश महर्जन र सुशील कुमार श्रेष्ठ क्रमशः पहिलोदेखि तेस्रो भए। महिलामा सोनु घतानी, नगीना महर्जन र रजीना दुलाल विजेता बने। दुवैतर्फ पहिलो, दोस्रो र तेस्रोले क्रमशः १० हजार, ६ हजार र ४ हजार रुपैयाँ पाए।

भेट्रान्स ५ किमि पुरुषमा धर्म महर्जन, अभिनारायण अधिकारी र जापानका मिजुकी मात्सुजाकी पहिलोदेखि तेस्रो भए। महिलामा कल्पना महर्जन, शर्मिला बस्नेत र चारु अर्याल क्रमशः विजेता बने। पुरस्कार राशि कर्पोरेट विधा बराबर नै रह्यो।

विद्यार्थी ५ किमि छात्रतर्फ हस्तबहादुर सुनार, अजय विके र रञ्जित राउत तथा छात्रातर्फ भगवती खड्का, शर्मिला विके र आयुष्मा आचार्य पहिलोदेखि तेस्रो भए। विजेताले क्रमशः १० हजार, ६ हजार र ४ हजार रुपैयाँ पाए।

प्रतियोगिता महासंघ सचिवालयदेखि बिजुलीबजार–नयाँ बानेश्वर–तिनकुने–सिनामंगल–एयरपोर्ट–तिलगंगा हुँदै पुनः सचिवालयमा समापन भएको थियो। कार्यक्रमको उद्घाटन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माले गरेका थिए।

जापान, चीन, इटलीसहित ४७१ जनाको सहभागिता रहेको यो प्रतियोगितामा हिमालय रनिङ क्लब टेक्निकल पार्टनर, एभरेष्ट अस्पताल हस्पिटल पार्टनर र हिमालय एभरेष्ट इन्स्योरेन्स इन्स्योरेन्स पार्टनर थिए।

महासंघले मंसिर २२ गते प्रभातफेरि, रक्तदानलगायत अन्य सामाजिक कार्यक्रम पनि आयोजना गर्ने जनाएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय